क्रोसियालाइ ४–२ ले हराउदै इग्ल्यान्ड बिजयी

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पहिलो हाफमा ह्यारी केनले दुई गोल गरेपछि इङ्गल्याण्डले अन्ततः क्रोएसियालाई ४–२ ले हराउँदै टेक्सासमा ७० हजार समर्थकलाई खुशी मात्र दिएन, विश्वकपमा आक्रमण सुरुवात पनि गरेको छ ।आज  बिहीबार बिहानको खेलमा क्रोएसियाले मध्यान्तरअघि इग्ल्यान्डलाई २–२ गोलको बराबरीमा रोकेको थियो । मध्यान्तरलगत्तै जुड बेलिङ्घम र खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी मार्कस रासफोर्डले थोमस टुचेलको टोलीको लागि जीत सुनिश्चित गरे।

यो जीत इग्ल्यान्डका लागि मस्कोको पुरानो हारको बदलासमेत थियो । यसअघि मस्कोमा भएको विश्वकप सेमिफाइनल भिडन्तमा क्रोसियाले इग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो । खेलमा इग्ल्यान्डका लागि कप्तान ह्यारी केनले दुई गोल गरे । उनले खेलको १२ र ४२ औं मिनेटमा गोल गरेका हुन् । यस्तै दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घम र खेलको अन्त्यतिर मार्कस रासफोर्डले १–१ गोल थपेका हुन् ।

क्रोसियाले मध्यान्तर अघिसम्म इग्ल्यान्डलाई कडा टक्कर दिएको थियो । खेलको ३६ औं मिनेटमा मार्टिन बटुरा र इन्जुरी समयमा पिटर मुसाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । मध्यान्तरपछि इग्ल्यान्ड आक्रामक रुपमा प्रस्तुत भयो र खेल ४–२ ले आफ्नो पक्षमा पार्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *