एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालले एसिसी महिला प्रिमियर कपमा  विजयी सुरुवात गरेको छ ।  मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो ।जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन  ।

यस्तै उपकप्तान पूजा महतोले अविजित २८ र कप्तान इन्दु बर्माले ६ रन बनाउनुभयो । बलिङ कतारका लागि शाहरीनवाब खान र खादिजा अमदले एक एक विकेट लिइन  । यसअघि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ७६ रन बनारोजेपछि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनको बनाएको थियो ।

कतारका लागि ओपनर गितरुडु चण्डिरुले सर्वाधिक २५ रन बनाइन  । यस्तै कप्तान आयसाले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी रुबिना क्षेत्रीले तीन विकेट लिए  । कविता कुवँर, रिया शर्मा र पूजा महतोले एक एक विकेट लिनुभयो । समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार भुटानसँग खेल्ने छ । समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।

१८ देशको सहभागिता रहेको प्रतियोगितामा सहभागी देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन र मङ्गोलिया रहेको छ । समूह ‘बी’ युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेको छ ।

समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुने छन् । यसअघि मलेसियामै सम्पन्न एसियन गेम्स छनोटबाट नेपाल बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *