तमोर नदीको पुलको ट्रस जडान गर्न सुरु

आठ वर्षअघि निर्माण गर्न सुरु गरिएको निघुरादिनको लिम्बुनीस्थित तमोर नदीको मोटर गुड्ने (मोटरेवल) पुलको ट्रस जडान गर्न थालिएको छ । तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको पुलको ट्रस जडान गर्न थालिएको हो । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरको आङ्बुङ र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिन जोड्नेगरी तमोर नदीको […]

Continue Reading

‘चाहियो चाहियो,राजा चाहियो’ पाँचतारे होटलमा नारा लाइयो

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयको सभाहलमा आयोजित राजावादीहरुको भेलामा नाराबाजी गरिएको छ ।पृथ्वी–पथ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जेन्जी घाइते युवा सुरेन्द्रजंग थापाले राप्रपा नेता कमल थापातिर लक्षित गर्दै नेपालमा हिन्दु राज्य र राजतन्त्रको अन्त्यका लागि कुर्सीसँग सौदावाजी गर्नेले हिन्दु राज्य र राजतन्त्रको वकालत गर्नु हास्यास्पद रहेको बताए । उनले नेपालमा अस्थिरता र अशान्तिको कारण भारत रहेको […]

Continue Reading

शिव अङ्कित पहाडले तान्दै पर्यटक

अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको पहाड अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावले यो स्थान छोटो समयमै चर्चित बनेको हो । मनमोहक दृश्य र शान्त वातावरणका कारण यहाँ पर्यटकको चहलपहल बढ्दो छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको […]

Continue Reading

तीन लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन

सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकेट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपियाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रूपियाँ तिरिसकेका थिए । तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले ‘३ लाख रूपियाँभन्दा एक रूपियाँ पनि कम […]

Continue Reading

सशस्त्रकी सहायक हवलदार अनिता कार्की बनिन् सशस्त्रबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला

सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनी सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही पनि बबेकी छिन् । उनले आज जेठ ३ गते (मे १७ तारिख) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

Continue Reading

चीनमा एक मिनेटभन्दा कम समयमै बनिरहेछ बीवाईडी कार, तीन सेकेन्डमै ब्याट्री तयार

चीनको झेङ्झाउ सहरमा रोबोटको सहायतामा एक मिनेटभन्दा कम समयमै बीवाईडी विद्युतीय कार (ईभी) तयार हुने गरेको छ । सेप्टेम्बर २०२१ मा बीवाईडीले झेङ्झाउ एयरपोर्ट इकोनोमी जोनमा उद्योग स्थापना गरेसँगै यहाँ विद्युतीय सवारी, मुख्य पार्टपुर्जा, पावर ब्याट्री, नयाँ सामग्री तयार हुने गरेका छन् । कुल १०.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बीवाईडी कारखानामा यस्ता अत्याधुनिक विद्युतीय सवारी र कारका […]

Continue Reading

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन […]

Continue Reading

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई […]

Continue Reading

कंगोमा इबोलाबाट दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्ररूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त […]

Continue Reading