‘चाहियो चाहियो,राजा चाहियो’ पाँचतारे होटलमा नारा लाइयो

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयको सभाहलमा आयोजित राजावादीहरुको भेलामा नाराबाजी गरिएको छ ।पृथ्वी–पथ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जेन्जी घाइते युवा सुरेन्द्रजंग थापाले राप्रपा नेता कमल थापातिर लक्षित गर्दै नेपालमा हिन्दु राज्य र राजतन्त्रको अन्त्यका लागि कुर्सीसँग सौदावाजी गर्नेले हिन्दु राज्य र राजतन्त्रको वकालत गर्नु हास्यास्पद रहेको बताए ।

उनले नेपालमा अस्थिरता र अशान्तिको कारण भारत रहेको र लिपुलेक तथा लिम्पियाधुरा नेपालको भूभाग भन्नासाथ माइक काटिएको थियो । त्यसपछि आक्रोशित युवाहरुले नाराबाजी गर्दा कार्यक्रम स्थगित भएको जानकारी दिइयो ।

भोजन गृहका सञ्चालक तथा पृथ्वी पथ प्रतिष्ठानका अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व–उपप्रधानमन्त्री तथा राप्रपा वरिष्ठ नेता कमल थापा थिए । अन्तर्राष्ट्रिय हिन्दु प्रचारक संस्थाका भारतीय स्वामी सौन्दराजन नरेन्द्रन,विश्व बौद्ध मञ्चका संस्थापक भिक्षु आनन्द, सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक रविराज थापालगायतको उपस्थितिमा वैदिक सनातन हिन्दु अधिराज्य नेपालबारे बोलिएको थियो ।

सौन्दराजन नरेन्द्रनले आफू पशुपतिमा ढोग्न मात्रै नआएको उल्लेख गर्दै आफ्ना सन्तती डेभिड र मोहम्मद नहोउन् भन्ने चाहेको उल्लेख गरे ।

भारतीय लोकसभा सांसद डा. श्रीकान्त एकनाथ सिन्दे र आध्यात्मिक गुरु ब्रह्मर्षि मोहनजी महाराज त्यतिबेलासम्म उपस्थित भएका थिएनन् । कार्यक्रमका एकाजना वक्ता बुद्ध छिरिङ मोक्तानले विदेशीको घुसपैठ स्वीकार्य नभएको,प्रधानमन्त्री बालेन्द्र लुसिफर रहेको बताए । सौन्दराजन नरेन्द्रनले आफू पशुपतिलाई ढोग्न मात्रै नआएको उल्लेख गर्दै आफ्ना सन्नती डेभिड र मोहम्मद नहोउन् भन्ने चाहेको उल्लेख गरे ।

उनले कलियुगको कुरुक्षेत्र काठमाण्डौ बनेको उल्लेख गर्दै नेपालीको बलिदान र त्यागलाई समेटेर किताब लेख्न जरुरी भएको बताए ।

प्रमुख अतिथि कमल थापाले भारतले माओवादीसँग १२ बुदे सहमति गराएपछि नेपालमा हिन्दु राज्य र राजाको बहिर्गमन भएको दाबी गरे । ‘अहिले शक्तिशाली सरकर बनेको छ, राम्रो काम गरुञ्जेल समर्थन गर्छु । संविधान संशोधन गरेर राजनीतिक स्थिरता र सुशासनको लागि सबै शक्ति र विचार अटाउनेगरि हिन्दु राज्य बन्नुपर्छ । यसअघि संविधान बनाउँदा संकलित सुझावको कदर गरिएन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *