आगामी हप्ता बिहिवार देखी ४ दिन लगातार बिदा

यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद ( ईद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था […]

Continue Reading

‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान’ सुरु

मनसुनजन्य विपद्का कारण हुनसक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३’ सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न मजदूर सङ्घसङ्गठनको सहकार्यमा उक्त अभियानको  गोँगबुस्थित नयाँ बसपार्कबाट शुभारम्भ गरिएको हो । अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं […]

Continue Reading

इरानसँग ४४० किलोभन्दा बढी युरेनियम, विदेशमा स्थानान्तरण गर्न नहुने पक्षमा सर्वोच्च नेता खामेनी

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन्।नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, ‘सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।’ स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको भविष्यमा आक्रमणको लागि थप जोखिममा जाने सर्वोच्च नेता लगायतका उच्च अधिकारीहरूको […]

Continue Reading

सरकारी जग्गा मिचेर व्यापार र होटल व्यवसाय; संरचना हटाउन हेटौँडा उपमहानगरको अल्टिमेटम

संघीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र, हेटौँडाको नाममा रहेको जग्गा अतिक्रमणमा परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ५ मा रहेको केन्द्रको स्वामित्वको जग्गा केही व्यक्तिले वर्षौँदेखि अतिक्रमण गरी कब्जा जमाउँदै भोगचलन गर्दै आएकाले त्यसलाई हटाउने प्रक्रिया थालिएको छ । केन्द्रको जग्गा पाँच जना व्यक्तिले अतिक्रमण गरी संरचना बनाएर बसेको पाइएकाले ती […]

Continue Reading

मधेश सरकारको मुख्यमन्त्रीलाई विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार मधेश प्रदेशसभाबाट विश्वासको प्राप्त गरेका छन् । मधेश प्रदेशमा सत्ता समिकरण फेरिएपछि मुख्यमन्त्री यादवले आज नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभामा पेश गरेका थिए  । उक्त प्रस्तावमाथिको दलगत छलफल पश्चात सभामुख रामअशिष यादवले निर्णयार्थ पेश गर्दा प्रस्तावको पक्षमा ६२ मत र विपक्षमा […]

Continue Reading

नेपाली चिया निर्यातको अवरोध हट्यो: परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको बताए  । नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त […]

Continue Reading

अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, […]

Continue Reading

ताइवानका राष्ट्रपतिसँग कुरा गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परम्परा तोड्दै ताइवानका राष्ट्रपति लाइ चिङ-तेसँग कुराकानी गर्ने बताएका छन्।सन् १९७९ सम्म अमेरिकाले ताइवानलाई आधिकारिक चीनको  कूटनीतिक मान्यता दिएको थियो। सो वर्ष कम्युनिस्ट चीनलाई मान्यता दिएयता अमेरिकी र ताइवानी राष्ट्रपतिहरूबीच प्रत्यक्ष कुराकानी भएको छैन। सन् २०१६ को अन्त्यमा पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि  पदभार ग्रहण नगर्दै उनले तत्कालीन ताइवानी राष्ट्रपति त्साई इङ-वेनसँग […]

Continue Reading

न्यून गुणस्तर भेटिएपछि ‘डाबर हनी’ बजारबाट फिर्ता गर्न विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा.लि.द्वारा उत्पादन गरिएको ५०० ग्रामको ‘डाबर हनी’ (मह) बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।  विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त उत्पादन न्यूनस्तरको पाइएपछि फिर्ता (रिकल) प्रक्रिया अघि बढाएको जनाएको […]

Continue Reading

गुणस्तरहीन करेन्ट तथा लाली ब्रान्डका चाउचाउ अझै पनि बजारमा छ्यापछ्याप्ती

करेन्ट तथा लाली ब्रान्डका चाउचाउ जनस्वास्थ्य हिसाबले जोखिमयुक्त ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख ३१ गते उक्त चाउचाउ बजारबाट फिर्ता गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता बालकुमारी शर्माले विभागको आदेशअनुरूप बजारबाट चाउचाउ उठाएको प्रमाणसहित विवरण पेस गर्न प्रालीलाई […]

Continue Reading