जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरेको छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
यसैगरी, भाेलि बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
आज र भोलि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातोदिन हुने सम्भावना रहेकाे अनुमान विभागले गरेकाेछ ।
