चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचार आरोपमा ‘स्थगित’ मृत्यु दण्ड सजाय

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचार आरोपमा स्थगित मृत्युदण्डको सजाय दिइएको छ । उनीहरुलाई दुई वर्षको ‘स्थगित’ मृत्यु दण्डको सजाय दिइएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सैनिक अदालतले बिहीबार वेइ फेङ्हे र ली शाङ्फुलाई दुई वर्षको स्थगन सहित मृत्युदण्ड सुनाएको हो । सिन्ह्वाका अनुसार यसको अर्थ दुई वर्षपछि उनीहरूको मृत्युदण्ड आजीवन कारावासमा परिवर्तन हुनेछ, र सजाय घटाउने वा पैरोलको सुविधा दिइने छैन । दुवै जनालाई घुसखोरीमा दोषी ठहर गरिएको छ । साथै उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिएको छ ।

यो घोषणा चीनमा व्यापक भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत हालै धेरै उच्च सैनिक अधिकारीहरूलाई पदबाट हटाइएपछि आएको हो । वेइले २०१८ देखि २०२३ सम्म रक्षामन्त्रीको रूपमा काम गरेका थिए । लीको रक्षामन्त्रीको कार्यकाल भने धेरै छोटो रह्यो । उनी अक्टोबर २०२३ मा पदबाट हटाइएका थिए, जुन उनी सार्वजनिक जीवनबाट अचानक गायब भएको दुई महिना भएको थियो । त्यसपछि उनलाई हटाइएको हुन सक्ने अड्कलबाजी सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *