विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

विशेष अदालतले पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले उक्त अनुमति दिएको हो।

विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पक्राउ परेकै दिन सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन थुनामा राख्न अनुमति दिएको हो।

अदालतको आदेशअनुसार अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि आवश्यक परे पुनः म्याद थप गर्न विशेष अदालतमै उपस्थित गराउनुपर्नेछ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। त्यसपछि मंगलबार विशेष अदालतमा उपस्थित गराइएपछि अदालतले प्रारम्भिक अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *