पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आजै राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहनेछ भने केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
