मधेशमा तीन दलको समर्थनमा नयाँ सरकार गठनको दाबी

मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार ढल्ने संकेतसँगै नयाँ सत्ता समीकरण बन्ने तयारी भएको छ। नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी बुधबार प्रदेश प्रमुखको कार्यालयमा पेश गरेका छन्। बुधबार एमालेले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको हो। एमालेले औपचारिक निर्णय गर्दै जनमत […]

Continue Reading

असोज ३० गते राजनीतिक दलसँग छलफल गर्दै आयोग

निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने तयारी थालेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले असोज ३० गते छलफलका लागि राजनीतिक दललाई पत्र पठाइसकेको जानकारी दिए  । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने , ‘‘निर्वाचनको तयारीका लागि आयोगले संवाद गरिराखेको छ । विभिन्न कोणबाट भइरहेका संवादको अतिरिक्त हामीले असोज […]

Continue Reading

पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा पूर्वसांसद राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्वमन्त्री तथा पूर्वसांसद रन्जिता श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यसैगरी मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत […]

Continue Reading

एमालेमा नेतृत्व पुनर्गठन गर्न चौतर्फी दबाब

नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको मिति तोक्ने तयारीमा छन्। विधान महाधिवेशन सकिएपछि नेतृत्व चयनका लागि ११औँ महाधिवेशनको मिति तोक्ने तयारीमा उनी लागेका हुन्। असोज २४ गतेका लागि बोलाइएको सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीले महाधिवेशनको मिति प्रस्ताव गर्ने बताइएको छ। एमालेले सचिवालय बैठकलगत्तै केन्द्रीय कमिटीको पनि बैठक बोलाएको […]

Continue Reading

भिटामिन र जुकाको औषधि खुवाइने कार्यक्रम जारी

हिजाे देखि शुरू गरीएकाे  राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम  आज पनि जारी छ।सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य र […]

Continue Reading

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन […]

Continue Reading

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार३ जनालाइ प्रदान गर्ने घोषणा

यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ। संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्‍याम्स्डेल र जापानका शिमोन साकागुचीलाई सन् २०२५ को पुरस्कार दिने निर्णय भएको समितिले  जनाएको छ  । उनिहरूलाई शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्यलेटरी टी–सेल’ भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने […]

Continue Reading

मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ६०

गत शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ । बलले इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको  बताएकाे छ । यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार […]

Continue Reading

आजकालागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६० […]

Continue Reading

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा […]

Continue Reading