चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार३ जनालाइ प्रदान गर्ने घोषणा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ। संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्‍याम्स्डेल र जापानका शिमोन साकागुचीलाई सन् २०२५ को पुरस्कार दिने निर्णय भएको समितिले  जनाएको छ  । उनिहरूलाई शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्यलेटरी टी–सेल’ भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि पुरस्कृत गरिएको हो ।

नोबेल समितिका अनुसार उनीहरूले उजागर गरेका तथ्यहरूले अहिले परीक्षण हुँदै गरेका विभिन्न चिकित्सकीय उपचारविधिलाई सुदृढ बनाउन सक्नेछ । यस उपचारविधिले स्वप्रतिरक्षात्मक रोगहरूको उपचारलाई सहज बनाउने, क्यान्सरको उपचारलाई अझ प्रभावकारी बनाउन सकिने र ‘स्टेम सेल’ प्रत्यारोपण गर्दा उत्पन्न हुन सक्ने गम्भीर जटिलतालाई रोकथाम गर्न सकिने ठानिएको छ।

विजेतालाई संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर नगद पुरस्कार र पदकबाट सम्मानित गरिनेछ । प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ।नोबेल पुरस्कार समितिका अनुसार विगत १२ महिनामा ‘मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका’ व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ।

स्वीडिस व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका थिए । उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा जम्मा गरेका थिए  भने सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो। नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *