खोला पुनः आफ्नै धारमा

असोज १७ गतेको मध्यरातदेखि जारी वर्षाका कारण काठमाडौँ, भक्तपुर र ललितपुरमा बागमती, हनुमन्ते नदीसहित सहायक खोला आफ्नो धार खोज्दै सहर र बस्तीतर्फ लागेका  छन् । अव्यवस्थित सहरीकरणसँगै नदी र खोलाको अतिक्रमण तीव्र हुँदा बस्ती पनि जलमग्न भएका हुन् । उपत्यकाका तीन वटै जिल्लाका सबै नदीखोलामा पानीको सतह शनिबार साँझसम्म खतराको तहमा पुगेको छ । २०८१ असोज १० देखि […]

Continue Reading

देशभर फैलिँदै वर्षा प्रणाली

मधेश, बागमती, गण्डकी प्रदेशमा जारी अविरल वर्षा आइतबारसम्ममा देशैभर फैलिने भएपछि उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ । शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार दिनभर कायम रह्यो । मधेश र बागमती प्रदेशका कतिपय स्थानमा भारी वर्षा रेकर्ड भएको विभागको मौसम पूर्वानुमान महाशाखा र जलवायु विश्लेषण शाखाले जनाएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म […]

Continue Reading

अविरल वर्षाले जनजीवन प्रभावित

आज असोज १९ गते बिहानसम्मकाे बाढी अपडेटः  अविरल वर्षासँगैको बाढीपहिरो र डुबानका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । निरन्तरको वर्षाका कारण उत्पन्न हुन सक्ने विपतका प्रतिकार्यका लागि सरकारले सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखी खोज तथा उद्धारसँग राहत र पुनस्र्थापनाका लागि नेपाली सेनाका विशेष उद्धारक टोली हवाई साधनसहित काठमाडौँ, चितवन, इटहरी, […]

Continue Reading

विपद् उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा, उपत्यकाभित्र निःशुल्क उद्धार हुने

देशभर लगातार भइरहेको भारी वर्षाका कारण उत्पन्न बाढी, पहिरो र अन्य विपद्को अवस्थालाई ध्यानमा राख्दै वायुसेवा सञ्चालक संघ, नेपालले उद्धारका लागि हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेको जनाएको छ। संघका अध्यक्ष मनोज कार्कीले शनिबार जारी विज्ञप्तिमा संघमा आबद्ध सबै हेलिकप्टर कम्पनीहरूले विपद्को अवस्थामा उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्। काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य […]

Continue Reading

अविरल वर्षाः विभिन्न राजमार्गमा सवारीसाधन अलपत्र

अविरल वर्षाका कारण काठमाडौं उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन्। चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडकखण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ। पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ। सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको […]

Continue Reading

देशभर बाढीको उच्च जोखिम, २४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान

शुक्रबारदेखि निरन्तर परिरहेको वर्षाका कारण देशभरका प्रमुख नदीहरूमा बाढीको जोखिम उच्च बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा तराईका पर्सा, रौतहट र सर्लाही लगायतका जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा र काठमाडौं उपत्यकामा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। विभागले आगामी २४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको जनाउँदै देशका […]

Continue Reading

अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको […]

Continue Reading

उपत्यकाको नदी किनारमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ः०० देखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले  एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला […]

Continue Reading

चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु

चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका  अनुसार शनिवार साँझ अन्दाजी साढे ६ बजेको समयमा  चट्याङ लागेर कटहरिया नगरपालिका –२ हथियाही बस्ने इसु मिया लहेरीको नाति मरुलाल लहेरीको छोरा १७ बर्षीय सेराज लहेरी र सोहि ठाउँका पनिलाल यादवको नाति रामधेनु यादवको छोरा १६ बर्षीय नबीन यादवको ज्यान गएको हो […]

Continue Reading

तराईमा उच्च वर्षा, उपत्यका र अन्य ठाउँमा कति पानी पर्‍यो ?

देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ । यस्तै, मकवानपुरमा […]

Continue Reading