चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका  अनुसार शनिवार साँझ अन्दाजी साढे ६ बजेको समयमा  चट्याङ लागेर कटहरिया नगरपालिका –२ हथियाही बस्ने इसु मिया लहेरीको नाति मरुलाल लहेरीको छोरा १७ बर्षीय सेराज लहेरी र सोहि ठाउँका पनिलाल यादवको नाति रामधेनु यादवको छोरा १६ बर्षीय नबीन यादवको ज्यान गएको हो ।

चट्याङ लागेर लहेरिको घटनास्थलमै मृत्यु भएको तथा यादवलाई उपचारका लागि अस्पतालमा लैजादैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे छ  ।

आधारभूत प्राथमिक बिद्यालय हथियाहीनजिक रहेको कल्भर्टमा रहेको बेला खसेको चटयाङ्ग लागेर यादवको पुरै शरीर जलेको थियो । लहेरीलाई समेत चट्याङ लागेको बताइएकाे छ ।

चटयाङ्ग लागेर ज्यान गएका दुवै जनालाई पोस्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *