असोज ३० गते राजनीतिक दलसँग छलफल गर्दै आयोग

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने तयारी थालेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले असोज ३० गते छलफलका लागि राजनीतिक दललाई पत्र पठाइसकेको जानकारी दिए  ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने , ‘‘निर्वाचनको तयारीका लागि आयोगले संवाद गरिराखेको छ । विभिन्न कोणबाट भइरहेका संवादको अतिरिक्त हामीले असोज ३० गते निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि हामीले निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि आह्वान गरिसकेका छौँ । हामीले पत्र पठाइसकेका छौँ ।’’

प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुन चाहनेले कात्तिक मसान्त अगावै दल दर्ता गर्नुपर्ने जानकारी दिए फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । ‘‘नयाँ आउने दललाई हामीले २०८२ साल कात्तिक मसान्त अगावै निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइ सक्नुपर्छ ।’’

आयोगमा १२२ वटा दल दर्ता भएका छन्  ‘‘अहिले आयोगमा दर्ता कायम भएका १२२ वटा दल रहेका छन् । यसका अतिरिक्त नयाँ दल दर्ता भइरहेका छन् । कात्तिक मसान्त अगाडि दर्ता भएको, प्रमाणपत्र लिएको, निर्वाचनमा आफ्नो घोषणापत्र र कार्यक्रममार्फत् सरिक हुन चाहने दलले चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।’’

प्रमुख आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि स्रोतको सुनिश्चिता हुन्छ भन्ने विश्वास सरकारले दिलाएको समेत जानकारी गराए  । उनले सुरक्षा निकायले चाहेमा निर्वाचनको सुरक्षा चुनौती नहुनेसमेत प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *