मधेश प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुत्त

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई  मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

६ दलको समर्थनमा सोनलले ५७ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कांग्रेसमा कृष्णप्रसाद यादवले पनि अर्को दाबी पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *