कुवेतको जेलमा ४८ नेपाली मध्ये ५ महिलाः मदिरा उत्पादन,बिक्री वितरण र लागूऔषध ओसारपसार तथा गरेका

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कुवेतको केन्द्रीय कारागारमा ४८ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार ४८ जना नेपाली कुवेतका विभिन्न जेलमा छन्  जसमा ५ महिला छन् ।

जेल परेकामा अधिकांश मदिरा उत्पादन तथा बिक्री वितरण र लागूऔषध ओसारपसार तथा बेचबिखन गरेकाहरू छन् । कुवेतमा केही व्यक्तिको स्वार्थका कारण गैरकानुनी क्रियाकलापमा जानीजानी संलग्न हुने गरेको, थोरै समयमा धेरै पैसा कमाउने लोभले नेपालीहरू फस्ने र जेल पर्ने गरेका छन् ।

कुवेतमा घरेलु कामदारका रूपमा पुगेका नेपाली महिला कामदारलाई त्यहाँ रहेका विभिन्न नेपाली एजेन्टले आकर्षक रोजगारीको प्रलोभन देखाई घरबाट भगाउने र गैरकानुनी काममा लगाउने र त्यस्ता कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरी जेलमा राख्ने गरेको पाइन्छ । यस्तै, कुवेतले गैरकानुनी रूपमा बसेका कामदारलाई छापा मारी धरपकड गर्ने क्रममा २ सय ३९ जनालाई पक्राउ गरेको छ ।

कुवेतका प्रथम उपप्रधानमन्त्री एवं गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहको निर्देशन र गृह मन्त्रालयका कार्यवाहक उपसचिव मेजर जनरल अलि मिस्फर अल–अडवानीको प्रत्यक्ष पर्यवेक्षणमा जनरल आवास मामिला अनुसन्धान विभागले सबै गभर्नोरेटहरूमा गहन क्षेत्र सुरक्षा अपरेसनमा आवास र श्रम कानुन उल्लंघनकर्ताहरू साथै वान्टेड व्यक्तिहरूसहित २ सय ३९ जनालाई पक्राउ गरेको छ ।

यस अभियान उल्लंघनकर्तालाई पक्राउ गर्न, गैरकानुनी कामदार निगरानी र सामाजिक स्थिरतालाई खतरामा पार्ने नकारात्मक अभ्यासहरूलाई रोक्न व्यापक सुरक्षा रणनीतिको अंश भएको बताइएको छ । सबै बन्दीविरुद्ध कानुनी कारबाही गरिएको छ, जसलाई थप प्रक्रियाका लागि उपयुक्त अधिकारीलाई पठाइएको छ । कानुन उल्लंघनका क्रममा पक्राउ परेकालाई देश निकाला गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *