सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

Continue Reading

रास्वपाका सबै सांसदले राजीनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको छ । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । […]

Continue Reading

प्रधानमन्त्री निवासमा गोली चल्यो, १ जना घाइते

प्रधानमन्त्री निवास बालुवाटारमा गोली चलेको छ । जेनजी आन्दोलनकारीहरु प्रधानमन्त्री निवास घेर्न पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको हो । गोली लागेर एकजना घाइते भएको राजधानी दैनिकलाइ सुरक्षा निकायले जानकारी दिएको छ । साभारः राजधानी दैनिक

Continue Reading

भक्तपुरमा सवैतिर कर्फ्यु उल्लंघन, जताजतै जुलुश

भक्तपुर जिल्लाका सवैतिर स्थानीयले प्रशाशनले लगाएको निशेधाज्ञाको उल्लंघन भएको देखिएको छ । यहाँं जताततै स्वतस्फुर्त रुपमा जुलुश प्रदर्शन भइरहेका छन् । भक्तपुरमा भने अहिलेसम्म जुलुश शान्तिपूर्ण देखिएको छ । भक्तपुर सहरको मुख्य केन्द्र सुकुलढोको जुलुश भएको छ । साथै सूर्यविनायक चोकमा पनि मानिसहरु स्वतस्फुर्ट भेला भई प्रर्दशन भइरहेका छन् । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले विहान […]

Continue Reading

जेन-जी प्रदर्शनः वीरगन्जमा पुनः कर्फ्यू, आन्दोलन जारी

वीरगन्जमा आन्दोलन पुनः सुरु भएपछि पर्सा प्रशासनले  बिहान ११ बजेदेखि कर्फ्यु लगाएको छ। युवाहरूले विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रदर्शनका कारण माईस्थान चोकलगायतका क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले अर्को सुचना जारी नभएसम्मका लागि करफ्यु लगाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बिहान केही सेल अश्रुग्यास प्रहार गरेको छ। बिहान ९ बजेसम्म […]

Continue Reading

चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

जेन-जी समर्थकहरूले रौतहटको चन्द्रपुर नगरपालिकामा आगजनी गरेका छन्। मंगलबार बिहानैदेखि जेन-जी समर्थकहरूले चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड अवरुद्ध पार्दै करिब छ वटा सवारी साधन तोडफोड गरेका छन्। आन्दोलनकारीहरूले सरकारी दमनले विरुद्धमा नाराबाजी गर्दै चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगो लगाएका छन्। आगलागीको कारण नगरपालिका भित्रका महत्वपूर्ण सामग्री जलेका छन्। रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिले जेन-जी समर्थकहरूले […]

Continue Reading

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा

रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो। स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन […]

Continue Reading

साँगामा यातायात रोक : उपत्यका प्रवेशमा कडाइ

काठमाडौं उपत्यकाको पूर्वी नाका काभ्रेको साँगामा यातायातका साधनलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ। आज बिहानदेखि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो। अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारी साधनलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी […]

Continue Reading

भारतीय मिडिया काठमाडौंमा

जेन-जीको आन्दोलनलाई ध्यानमा राखेर भारतीय मिडियाहरू काठमाडौंमा आएका छन्। सोमबारदेखि भएको आन्दोलनमा विभिन्न देशका मिडियाहरूले जेन-जीको आन्दोलनलाई विशेष स्थान दिइँदै आएको छ। भारतको आजतकदेखि भारतवर्षलगायतका मिडियाले सरकारले गरेको दमन र जेन-जीको आन्दोलनको रिपोर्टिङ गर्न काठमाडौं आएका छन्।

Continue Reading

प्रसंग जेन जी काे आन्दोलन

बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्। सामाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्। जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका युवाहरूले सामाजिक सञ्जालमा […]

Continue Reading