लुटपाटमा संलग्न २६ जनालाई सेनाले पक्राउ गर्‍यो

नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २६जनालाई पक्राउ गरेको छ। भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २६ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ […]

Continue Reading

कालिमाटि बजारमा कफ्यु यथावतःनेपाली सेना

नेपाली सेनाले काठमाण्डाैमा हिजाेदेखी लागु भएकाे कफ्यु आज एक दिन पनि जारी रहने बताएकाे छ । सेनाले माइकिङ गरी कफ्रर्य यथावत रहेकाे जनाएकाे हाे । स्थानिय कालिमाटी बजारमा सेनाले माइकिङ गर्दै आज एक दिन घर भित्रै रहन आग्रह गरि रहेकाे छ । साथै सडकमा निस्किएका सर्वसाधारणालाइ छिटाे गन्तव्य मा जान समेत आग्रह गरिरहेकाेछ ।

Continue Reading

चितवनमा पुष्पकमल दाहालकाे घर ध्वस्त

चितवनमा प्रदर्शनकारीले मंगलबार प्रदर्शनकारी पुस्ताले चितवनका सरकारी कार्यालय सहित जिल्लाका अधिकांश सरकारी कार्यालय र पार्टी कार्यालयहरूमा तोडफोड गरेका छन्।  सुरुमा एमाले पार्टी कार्यालयबाट आगो लगाउन सुरु गरेका प्रदर्शनकारीले नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेसको पार्टी कार्यालय, भरतपुर महानगरपालिका, राजस्व कार्यालय, मालपोत, वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, भरतपुरको वडा नम्बर १० र  ७  लगायतका कार्यालय जलेका छन्। […]

Continue Reading

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ बजेसम्म उडान बन्द

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि […]

Continue Reading

अस्पतालमा घाइतेको भिड

जेनजी आन्दोलन’ का क्रममा मङ्गलबार काठमाडौँका दुई अस्पतालमा थप चार जनाको निधन भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा तीन जना र तारकेश्वर सिटी अस्पतालमा एक जनाको निधन भएको हो । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले दिएको जानकारी अनुसार मङ्गलबार दिउँसो उपचारमा आएका प्रदर्शनकारीमध्ये तीन जनाको निधन भएको हो । कार्यकारी निर्देशक डा. रेग्मीका अनुसार मङ्गलबार […]

Continue Reading

प्रधानसेनापतिको सम्बोधन : आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका  छन् । सम्बोधनकाक्रममा उनले भने , ‘राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं ।’ नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उनको भनाइ छ ।सेनापति सिग्देलले मृतकप्रति श्रद्धाञ्जली […]

Continue Reading

अधिकांश सरकारी कार्यालयमा आगजनी

जेन जी पुस्ताको आन्दोलनले उग्ररुप लिएपछि देशभरका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको छ ।  देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो बलिरहेको बताइएको छ । त्यस्तै सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीलत निवाससहित राजनीतिक दलका शीर्ष नेताको घरमा आगजनी भएको छ । काठमाडौंमा मात्र होइन देशभरका अन्य सरकारी कार्यालयमा पनि जेन […]

Continue Reading

केही बेरमा प्रधानसेनापतिबाट राष्ट्रका नाममा सम्बोधन

प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकसित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै छन्।  नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। सेनाले केही बेरअघि मात्रै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीलाई अनुरोध गरेको थियो।

Continue Reading

मुख्यसचिव–सेनाको अपिल : छिटो शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान

हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख प्रकट गरेका छन् । घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । प्रधानमन्त्रीको राजीनामा स्वीकृत समेत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमता अपनाउन अनुरोध गरिएको छ । […]

Continue Reading

राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सेनाको अनुरोध

नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीलाई हार्दिक अनुरोध गर्दछ।’ विज्ञप्तिमा नेपाल र नेपाली […]

Continue Reading