चितवनमा पुष्पकमल दाहालकाे घर ध्वस्त

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चितवनमा प्रदर्शनकारीले मंगलबार प्रदर्शनकारी पुस्ताले चितवनका सरकारी कार्यालय सहित जिल्लाका अधिकांश सरकारी कार्यालय र पार्टी कार्यालयहरूमा तोडफोड गरेका छन्।  सुरुमा एमाले पार्टी कार्यालयबाट आगो लगाउन सुरु गरेका प्रदर्शनकारीले नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेसको पार्टी कार्यालय, भरतपुर महानगरपालिका, राजस्व कार्यालय, मालपोत, वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, भरतपुरको वडा नम्बर १० र  ७  लगायतका कार्यालय जलेका छन्। त्यस्तै पूर्वी चितवनका रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकामा पनि आगजनी भएको छ।

यसैबीच शिवनरमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको निवासमा आगजनी भएको छ। यता भरतपुर ओरालोमा रहेको भाटभटेनीमा लुटपाटपछि प्रदर्शनकारीले आगजनी गरेका छन् भने चौधरी ग्रुपको सिजी महलमा केही समूहले लुटपाट गरेका थिए।

अन्य राजनीतिक दलको पार्टी कार्यालय जलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भने आगजनी नगरेका छन्। अहिलेसम्म जिल्लामा कुन-कुन कार्यालयमा क्षति भएको छ भन्ने विषयमा थाहा नभएको चितवन प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *