नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्बोधनकाक्रममा उनले भने , ‘राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं ।’
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उनको भनाइ छ ।सेनापति सिग्देलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेको स्वास्थ्य लाभको कामना गरे ।
उनले थप जनधनको क्षति हुन नदिनसमेत अनुरोध गर्दै असहज परिस्थितिलाई सामान्यिकरण गर्दै सार्वजनिक र नागरिकको सम्पत्तिको रक्षा एवम नागरिकको सुरक्षाको प्रत्याभूति दिएर राष्ट्रको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको बताए ।
