गोङ्गबुबाट तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ महानगरपालिका२६, गोङ्गबुस्थित टाउन प्लानिङबाट तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाेरखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका२६, गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने , “करिब तीन करोडभन्दा बढी रकम र ठुलो परिमाणमा सुनका गहना पनि भेटिएका छन्। रकमको सङ्ख्या एकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ।”

आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *