भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता गर्दैनौँः एलेन मस्क

सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स'(पहिलेको ट्विटर)ले नेपाल सरकारलाई पत्र लेख्दै अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर एक्सले नेपालमा दर्ता नगर्ने जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा एक्सले पठाएको पत्र मुख्य सचिव एकनारायण अर्याललाई पढेरै सुनाउन लगाएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले […]

Continue Reading

आज बिपी जयन्ती

नेपाली राजनीतिक रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक व्यवस्थाका सूत्राधार, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको जन्मदिन आज । पूर्वप्रधानमन्त्री कोइरालाको सम्झना गरी कांग्रेसले पार्टी मुख्यालय सानेपासहित प्रदेश र जिल्ला पार्टी कार्यालयमा उहाँको तस्बिरमा माल्यार्पण गरेर सम्झना गर्ने कार्यक्रम राखेको छ । पूर्वप्रधानमन्त्री कोइरालासहित कांग्रेस नेताहरूलाई राखिएको सुन्दरीजल जेल (हाल सङ्ग्रहालय) मा पनि […]

Continue Reading

सामाजिक सञ्जाल खोल्ने सरकारको निर्णय

१९ जना कलिला स्कुल तथा कलेजका बिधार्थीकाे हत्याकाे दुखत घटना पछि  सरकारले बाध्य भएरआफैले  निष्क्रिय पारेकाे सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। गएराति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका […]

Continue Reading

नक्खु जेलबाट रवि लामिछानेकाे हुकारः संसदबाट राजीनामा दिनुपर्ने हुनसक्छ, तयार रहनु

सहकारी प्रकरणमा नक्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन आग्रह गरेका छन्। जेन्जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि लामिछाने विज्ञप्ति जारी गरेर सो कुरा बताएका हुन्। उनले ४ बुँदे सन्देश जारी गर्दै भनेका छन्, ‘सकेसम्म छिटो जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन होस्, २०४६ सालपछिका सबै […]

Continue Reading

राप्रपाले भन्यो : अब सरकार विघटन गर्नुपर्छ

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका जेन–जीमाथि गोली प्रहार गरी हत्या गरेकाले तत्काल सरकार विघटन गर्न माग गरेको छ । सोमबार भएको जेन–जीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपादेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । ‘आजको घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष […]

Continue Reading

भ्रष्टाचारविरोधी आन्दोलनमा १९ जनाको मृत्युपछि गृहमन्त्री लेखकको राजीनामा

सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्याधिक बल प्रयोग भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार नै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरुले उनको राजीनामा मागेका थिए। नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै उनको राजीनामा मागेका थिए।

Continue Reading

पूर्वमन्त्री खाँणकाे घर र कांग्रेस-एमाले पार्टी कार्यालयमा तोडफोड, रुपन्देहीमा कर्फ्यू जारी

जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा सडकमा प्रदर्शन गरेका छन्। आन्दोलनका क्रममा तिलोतमा –८ मा नेपाली काँग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँडको घर तोडफोड भएको छ। त्यस्तै, नेकपा एमालेको बुटवलमा  र नेपाली काँग्रेसकाको भैरहवामा रहेका जिल्ला पार्टी कार्यालय समेत तोडफोड गरेका छन् । असामान्य अवस्था बढेपछि  रुपन्देही प्रशासनले बुटवल तथा भैरहवाका विभिन्न […]

Continue Reading

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो

जेनजी पुस्तोको आन्दोलनका कारण आज देशभरबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि […]

Continue Reading

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरियो : मानव अधिकार आयोग

मानव अधिकार आयोगले जेनजी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर निर्देशन दिएको छ। ‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुन बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार छ। लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई […]

Continue Reading

रास्वपाले भन्यो : प्रधानमन्त्री राजीनामा देऊ, ‘अर्ली इलेक्सन’ गर

रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै ताजा जनादेश(अर्ली इलेक्सन) को माग गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै सोमबार जेन-जीको प्रदर्शनमा सरकारले गरेको दमनको भर्त्सना गरेको छ । वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भएको उल्लेख गर्दै महामन्त्री बुर्लाकोटीले भनेका छन्, ‘वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भइसकेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । […]

Continue Reading