जेन-जी आन्दोलनबारे के लेख्दै छन् विदेशी सञ्चार माध्यम ?

समाचार संस्था एएफपीले हजारौँ युवाहरूले काठमाडौँमा प्रदर्शन गरेको जनाएको छ । व्यापक झाँगिएको भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन गर्न युवाहरू आन्दोलित भएको उल्लेख छ । भारतको इकोनमिक टाइम्स, इन्डिया टुडे, टाइम्स अफ इन्डिया लगायतले पनि यस घटनाको कभरेज गरेका छन् । इन्डिया टुडेले प्रत्यक्ष प्रसारण गर्दै सरकारले सामाजिक सञ्जाल एपहरू निस्क्रिय बनाएकाले जेन–जी आन्दोलन सुरु भएको […]

Continue Reading

दमकमा केपी ओलीको निवासमा ढुंगामुढा, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

झापाकाे दमक नगरपालिकास्थित प्रधानमन्त्री केपी ओलीको निवासमा ढुंगामुढा भएको छ। दमक– ९, शान्तिमार्गस्थित ओलीको निवासमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन्। प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ। प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गसमेत टायर बालेर अवरोध गरेका छन्। पूर्व–पश्चिम राजमार्गको क्याम्पस गेटदेखि चियादोकानसम्म विभिन्न तीन ठाउँमा टायर बालेर प्रदर्शन गरेका हुन्। करिब आधा घण्टादेखि राजमार्ग अस्तव्यस्त छ। यसअघि दमकमा प्रदर्शनकारी […]

Continue Reading

जेन–जी प्रदर्शनः इटहरीमा अनिश्चितकालिन कर्फ्यू, उपमहानगर कार्यालयमा आगजनी

जेन–जी प्रदर्शन उग्र बनेपछि सुनसरी प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र प्रसाद मिश्रले एक सूचना जारी गर्दै इटहरी उपमहानगरको चारकिल्ला तोकेर अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेका हुन् । आदेशमा उत्तरमा हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि विकास चोकसम्म,  दक्षिणमा अख्तियारको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल […]

Continue Reading

जेन-जी प्रदर्शन: पोखरामा मुख्यमन्त्री कार्यालयमा तोडफोड

पोखरामा भएको जेन-जी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा रत्नचोक र सहिदचोकको बिचमा रहेको मुख्यमन्त्री कार्यालय पुगेका जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गा हानेर तोडफोड गरेका हुन् । तोडफोडबाट मुख्यमन्त्री कार्यालयको झ्यालको सिसा फुटेको छ । जेन-जीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको तथा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा केही युवाको मृत्यू भएको थाहा […]

Continue Reading

सेनाले नियन्त्रणमा लियो संसद् भवन वरिपरिको सडक

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ। संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ । आज दिउँसो जेन-जी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर अहिले अपराह्नमा सेनाले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो। अहिले प्रदर्शनकारी बानेश्वर र बिजुलीबजार बीचका क्षेत्रमा छन्। प्रदर्शनकारी अझै तितरवितर […]

Continue Reading

‘जेन-जी’ प्रदर्शन: मृतकको संख्या १५ पुग्यो, १५० बढि घाइते

नेपालीकाे दुर्भाग्यः भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। यस्तै, घाइते हुनेको संख्या १५० भन्दाबढि रहेको छ। आज  भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकामध्ये ट्रमा सेन्टरमा सात, सिभिल अस्पतालमा तीन र काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा दुई र टिचिङ अस्पतालमा एक […]

Continue Reading

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। […]

Continue Reading

आजदेखि सोह्र श्राद्ध आरम्भ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएकाेछ  । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिएका छन् । आश्विन कृष्ण […]

Continue Reading

आज जेनजीको प्रदर्शनः घुसपैठ गर्न खोज्नेलाई प्रहरीको जिम्मा लगाइने

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा ‘जेन जी’ पुस्ताले आज  काठमाडौंको माइतीघर मण्डलामा आयोजना गर्न लागेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै युवाहरूले सचेतना अपनाएका छन्।उनीहरूले आन्दोलनलाई बिथोल्न वा आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोज्ने कुनै पनि समूह वा व्यक्तिलाई आफैँले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउने चेतावनी दिएका हुन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट औपचारिक अनुमति लिएर […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ […]

Continue Reading