१९ जना कलिला स्कुल तथा कलेजका बिधार्थीकाे हत्याकाे दुखत घटना पछि सरकारले बाध्य भएरआफैले निष्क्रिय पारेकाे सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। गएराति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए।
यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा सामाजिक सञ्जाल खुलाउन उनले आग्रह गरेको स्रोतले बताएको थियाे ।तर याे समाचार तयारपार्दा सम्म सामाजिक सन्जाल सन्चालन भएकाे छैन । सामाजिक सन्जाल सुचारूभै हालेतापनी १९ नजनाकाे हत्याकाे जिम्म्रवारी सरकारले लिने नलिने र नैतिकता प्रर्दशन गर्ने नगर्ने सजाय पाउने नपाउने सवाल यहानिर छ ?
