नक्खु जेलबाट रवि लामिछानेकाे हुकारः संसदबाट राजीनामा दिनुपर्ने हुनसक्छ, तयार रहनु

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सहकारी प्रकरणमा नक्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन आग्रह गरेका छन्। जेन्जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि लामिछाने विज्ञप्ति जारी गरेर सो कुरा बताएका हुन्।

उनले ४ बुँदे सन्देश जारी गर्दै भनेका छन्, ‘सकेसम्म छिटो जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन होस्, २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस्। त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस्, आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस्, आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस्।’

सभापति लामिछानेले सरकारमा रहेकाहरूलाई शासन होइन, दण्डका भागेदारको रूपमा ब्याख्या गरेका छन्। ‘देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रूपमा उपस्थिति जनाएका थियौं। यिनले सुनेनन् , टेरेनन्  बरु  उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे। अझै पनि  क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु। यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ,’ उनले भनेका छन्।

nullnull

1.9k

Leave a Reply

Your email address will not be published. Required fields are marked *