नेपाललाइ सहयोग निरन्तर रहने भारतको प्रतिबद्धता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानमन्त्री सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले लिखित रूपमा बधाई दिँदै नेपालको विकास र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नवगठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले आफ्ना राजदूत नवीन श्रीवास्तवमार्फत लिखित शुभकामना तथा बधाई सन्देशमार्फत भविष्यमा मिलेर अघि बढ्न भारत तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्न नेपालस्थित भारतका राजदूत नवीन श्रीवास्तव मङ्गलबार प्रधानमन्त्री कार्यालय पुगेका थिए । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका प्रधानमन्त्री मोदीले पठाएको लिखित बधाई सन्देश प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन्देशमार्फत मोदीले नेपाल र भारतबिचको प्रगाढ मित्रतालाई बलियो बनाउन भविष्यमा मिलेर काम गर्ने इच्छा र प्रतिबद्धता जनाएको मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयका अनुसार मोदीले दुई छिमेकी देशबिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ बनाउन सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटमा राजदूत श्रीवास्तवले भारतनिकट छिमेकीको नाताले नेपालको शान्ति र स्थिरताको पक्षमा रहेको पनि प्रधानमन्त्री कार्कीसमक्ष प्रस्ट पारे  ।  साथै भावी विकास तथा पुनर्निर्माणमा भारत सरकार सहयोग गर्न तयार रहेको पनि उनले अवगत गराए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *