एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपप्रधान एवम् अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान संशोधन सम्बन्धी प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मतले पारित भएको जानकारी दिए  ।

यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्रस्तुत गरेका  प्रतिवेदन पारित भएको उनले जनाए  ।

उनले भने , “विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मतिले पारित भएकोसार्वजनिक गर्न चाहन्छु । कोही हुनुहुन्छ यसमा विमति राख्ने भनेर अध्यक्षले पटक पटक आग्रह गर्दा सबैले यसलाई गडगडाहट तालीका साथ सर्वसम्मतिले पारित भएको छ ।”

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौं २० गतेदेखि सुरु भएको एमाले विधान महाधिवेशन आज  सम्पन्न भएको छ ।विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि दश वटा समूहमा समूहगत छलफल भएको थियो । उक्त समूहले प्रस्तुत प्रतिवेदनमाथि सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *