विद्युतीय रोपवे सञ्चालन गर्दै गण्डकी गाउँपालिका

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजता गर्नका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए  ।

विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्वारा विस्तृत प्राविधिक स्थलगत अध्यन समपन्न पश्चात २०६६ सालदेखि हाते रोपवे सञ्चालनमा आए पनि जोखिम बढी भएकाले २०७१ सालबाट बन्द अवस्थामा थियो ।

गाउँपालिकाको हिक्लुङ – ६ स्थित थुम्काबाट पृथ्बीराजमार्ग अन्तर्गत फिस्लिङ बजारसम्म तरकारी तथा सामान आवतजावत गर्न सहजताका लागि हाते रोपवेलाई स्तराेन्नति गरी विद्युतीय रोपवे सञ्चालन गर्न लागिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सानाले बताए ।

उनका अनुसार सवारीसाधनबाट धेरै लागत लाग्ने भएकाले पनि ढुवानी खर्च असाध्यै कम रकममा सामान र तरकारी लान ल्याउन सकिने भएकाले पनि गण्डकी गाउँपालिकाका किसानलाई विद्युतीय रेपवेले निकै राहात हुने गाउँपालिकाले विश्वास लिएको छ ।

गण्डकी गाउँपालिका ६ नम्बर र ७ नम्बर वडा तरकारीको मुख्य पकेट क्षेत्र भएकाले पनि ग्रामिण भेगमा सवारी साधान वर्षाको समयमा सञ्चानल नहुने भएकाले विद्युतीय रोपवेले हिउँद बर्खा नभनी कम खर्चमा ढुवानी गर्ने भएकाले पनि छिटै सञ्चालनमा ल्याउन लागिएको गण्डकी गाउँपालिाकले जनाएको छ ।

गण्डकी गाउँपालिका पृथ्वी राजमार्ग नजिकै रहे तापनि भौगोलिक रुपमा विकटता भएकाले पनि बर्खाको मौसममा गाउँपालिकाभित्रका किसानहरुले उत्पादन गरेका तरकारीलाई सहजै ढङ्गबाट काठमाडौं, पोखरा र चितवनमा बिक्री वितरण गर्ने उद्देश्यले विद्युतीय रोपवे सुरु गर्न लागिएको गण्डकी गाउँपालिका प्रमख प्रशासकीय अधिकृत भुवन चापागाईं  बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *