आगामी आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रदेश सरकारले साउन २५ गते (आइतबार) पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशित भइसकेको छ। सोही आधारमा गाईजात्राका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हो।

प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० लागू गर्दै, सो ऐनअनुसार २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गाइजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार गाइजात्रा पर्वको बिदा प्रदेशको वार्षिक सार्वजनिक बिदा तालिकामा समावेश गरिएको हो।

गाइजात्रा विशेषगरी नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो, जुन काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न नेवार बहुल क्षेत्रमा भव्य रूपमा मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *