बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ, मुख्यमन्त्री पराजित

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका  छन् । उनका प्रतिस्पर्धी प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई आठ  मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन  ।

बाँनियाले २२ मत ल्याउँदा लामाले १४ मत ल्याए  कुल ३७ मत खसेकोमा १ मत बदर भएको निर्वाचन अधिकृत हरिशरण श्रेष्ठले जानकारी दिए  । संसदीय दलको नेताको निर्वाचनका लागि  बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान भएको थियो ।

संसदीय दलका नेता रहेका लामाविरुद्ध मङ्गलबार मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो । लामा विरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान भएको हो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *