नेपालमा एमसीसीलाई निरन्तरता दिने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अघि बढाउने अमेरिकी सरकारले निर्णय गरेको छ। नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाएको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिए। अमेरिकी सरकारले गरेको समीक्षा बैठक अनुसार नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसीसी परियोजना निरन्तरता गर्ने निर्णय गरेको उनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको प्रशासनिक खर्च कटौती गर्ने निर्णय अनुसार गत अप्रिलमा एमसीसी बन्द गर्ने निर्णय गरेको थियो। नेपालसहित २० मुलुकमा सञ्चालित यो कार्यक्रमलाई ३ महिनाका लागि स्थगित गरिएको थियो। तर, नेपालमा भने एमसीसी कार्यक्रम कहिल्यै नरोकिएको शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *