मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गरेका हुन ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गरेको छ। प्रवक्ता गुरुङले भने , ‘‘नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’’

