रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशङ्का गरिएको छ।

टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो। घटनापछि क्षेत्रको हवाई निगरानीका लागि परिचालित (एमआइ–८)) हेलिकाेप्टर टोलीले कुनै पनि जीवित यात्रुको सङ्केत फेला नपरेको जानकारी दिएको छ।

रुसी नागरिक सुरक्षा तथा आगो नियन्त्रण केन्द्रले राज्य समाचार संस्था ताससँग दिएको जानकारीमा भनिएको छ,“टिन्डा विमानस्थलका निर्देशकका अनुसार विमान जमिनमा ठोक्किएपछि आगो लागेको हो, र घटनास्थल माथिबाट उडिरहेको हेलिकाेप्टरले कुनै पनि बाँचेकाको सङ्केत देखेन।”

दुर्घटनास्थल अमुर क्षेत्रको टिन्डा नजिकै रहेको पहाडी र दुर्गम क्षेत्र हो।  उद्धार कार्य अवरुद्ध भएको छ । प्रारम्भिक समाचारमा ५० यात्रु रहेको समाचार आए पनि एक जनाको अवस्थाका बारेमा स्पष्ट पारिएको छैन । यसको मुख्य कारण जङ्गलयुक्त भूगोल र कठिन मौसम रहेको अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *