राजाबादि पार्टी गंम्भीर संकटमा अध्यक्षबाट विधान उल्लंघन भएकाे आराेप

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार जना नेताले विधान विपरीत गरिएको कारबाही तत्काल सच्याउन अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका छन्। नेताहरू विक्रम पाण्डे, धवलशमशेर राणा, कुन्ती शाही र मुकुन्दशयम गिरीले बिहीबार संयुक्त अपिल जारी गर्दै अध्यक्षबाटै विधान मिचेर गरिएको कारबाही मान्य नहुने बताएका हुन्।

अध्यक्ष लिङ्देनले हालै नेता नवराज सुवेदीलाई हटाउँदै अनुशासन समितिको अध्यक्षमा रोशनी कार्कीलाई मनोनीत गरेका थिए। यस्तै संगठन विभाग प्रमुख महामन्त्री डा.धवल शमशेर राणा, पार्टी प्रवक्ता सगुन सुन्दर लावती र संयोजित संगठन समन्वय विभागको सदस्य सचिव केन्द्रीय सदस्य धनसुर शाहीको पद खोसेका थिए।

चार नेताले भनेका छन्, ‘विधानको व्यवस्था अनुरूपको विधि, संख्या र सीमा नाघेर एकलौटी रूपमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू थप्ने र हटाउने कार्य यसअघि पनि पटक–पटक हुँदै आएको छ। यस परिवेशमा विधान विपरीत भएका निर्णयहरू सच्याउने आँट र साहस देखाऔँ, पार्टीभित्र आपसी विश्वास र एकताको नयाँ युग निर्माण गरौँ।’

संवैधानिक राजसंस्थाको माग गर्दै आन्दोलनमा होमिएका नेताहरू माथिको यो प्रकारको कारबाहीले पार्टीपंक्ति र जनमानसमा शंका उब्जिएको उनीहरूको भनाइ छ। नेतृत्वबाटै यसप्रकारले विधान मिच्ने काम भए आगामी दिनमा राप्रपाले ठूलो क्षति भोग्नु पर्ने चेतावनी उनीहरूको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *