वीरगञ्जमा एक सातादेखि फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेन

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वीरगञ्जमा एक सातादेखि फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वीरगन्ज महानगरपालिकामा हैजाका कारण ६ सयभन्दा बढी बिरामी परेका हुन् ।

संक्रमणले वीरगञ्ज महानगरपालिका अस्तव्यस्त बनेको छ । लगातार पातलो दिसा हुने, बान्ता आउने, पेट दुख्ने, मिर्गौलामा समस्या देखिने र अर्धचेत हुने समस्या लिएर दैनिक ५० जना बिरामी नारायणी अस्पताल पुग्ने गरेका छन् ।

हैंजाका बिरामी बढेपछि नारायणी अस्पतालमा शैय्याको अभाव भएको छ । शैयाको अभावमा बिरामीहरुलाई भुइँमा राखेर उपचार गर्न थालिएको जनाइएको छ । वीरगञ्जमा हैजा फैलिए पनि अहिलेसम्म त्यसको कारण पत्ता लाग्न भने सकेको छैन् ।

यसैबीच, गृह मन्त्री रमेश लेखक आज सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन् । त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीका विषयमा छलफल र समन्वय गर्न गृहमन्त्री वीरगन्ज जान लागेका हुन् ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री लेखकले आइतबार बिहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँग भेटघाट गर्ने छन् ।वीरगञ्ज जाने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजापीडित बिरामीको उपचार लगायतमा सहजीकरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *