भ्रष्टाचारमा मुछिदै मन्त्रीहरूः भूमिमन्त्री अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित अडियो सार्वजनिक

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएको छ ।पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।

सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भैसकेको सुनिन्छ ।

अघिल्लो अडियोमा पनि मन्त्री अधिकारीको नाम गुप्ता र बिचौलियाले लिएको सुनिएकोमा मन्त्री अधिकारीले प्रतिनिधि सभा बैठकमा त्यसको प्रतिवाद गरेका थिए ।उनले जुन औँलामा विष लागेको हो त्यही झर्ने दाबी गर्दै सो घटनामा आफ्नो संलग्नता नभएको दलिल गरेका थिए । पछिल्लो अडियोमा पनि गुप्तासँगको अडियोमा जस्तै खेम पुन, दीपा लगायतको नाम पनि लिइएको सुन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *