नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा ५ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको जनाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमको विज्ञप्तिमा छ ।

