पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ। शर्माको गएराती काठमाडौंकाे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हाे ।
उनि विं.सं. २०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म निर्वाचन आयुक्त भएकि थिइन । त्यसअघि उनि गोरखापत्र संस्थानबाट प्रकाशित दि राइजिङ नेपालमा १३ वर्ष कार्यरत थिइन ।
उनको दाहसंस्कार आज गरिने परिवारले जनाएका छन् । उनका दुई छोरी छन् ।
