संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएका छन्। कर्मचारीहरूको सरूवा तथा भूमिसुधार मन्त्रालय अन्त्रगतको मालपोत अधिकृतको सरूवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सो प्रकरणमा मुछिएका हुन्।
यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी गरिएपछि उनले घुस डिल गरेको अडियो सार्वजनिक भएको हो । उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई मुछेका छन्।्र
