राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा तीन जनालाई नियुक्त गरेका छन् । पौडेलले असार २३ गते मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा गरी तीन जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा [२] बमोजिम न्याय परिषद्को सिफारिसमा तीन जनालाई नियुक्त गरेको जानकारी दिइन ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुने मेघराज पोखरेल वरिष्ठ अधिवक्ता हुन । त्यसै गरी, श्रीकान्त पौडेल उच्च अदालत जनकपुर का मुख्य न्यायाधीश र शान्तिसिंह थापा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुन।
