मस्कलाई ‘दिमाग गुमाएको व्यक्ति’ भन्दै ट्रम्पले कुरा गर्न मानेनन्

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा एलन मस्कलाई ‘दिमाग गुमाएको’ र आफू उनीसँग कुराकानी गर्न नचाहने बताएका छन्।

उनले अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजलाई एलन मस्कसँग कुराकानीमा कुनै रुचि नभएको बताएका हुन्। मस्क र ट्रम्पबिच आज फोनमा कुराकानी हुने समाचार आएपछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

विश्वका धनी व्यक्ति मस्क र राष्ट्रपति ट्रम्पबिच विवाद चलिरहेको छ। एबीसी न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले मस्कलाई ‘दिमाग गुमाएको व्यक्ति’ भनेर चित्रण गरेका छन्।

ह्वाइट हाउसले बीबीसीलाई भनेको छ, ‘राष्ट्रपति ट्रम्पले आज मस्कसँग कुराकानी गर्नुहुने छैन।’ ‘म एलनको बारेमा सोचिरहेको पनि छैन। उसलाई समस्या छ,’ ट्रम्पले  भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *