राजधानीमा भुवन चन्द, चैत्यदेवी र वसुन्धरालाई त्रिदेवी सम्मान कार्यक्रम हुदै

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपालमै पहिलो रिवार्डको रूपमा स्थापित साधना म्युजिक रिवार्डको पाँचौं संस्करण राजधानीमा हुने भएको छ।

चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा हुने साधना म्युजिक रिवार्ड २०८१ मा करिव ५ दशकदेखि अनवरत रूपमा संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएकी गायिका तथा गीतकार चन्द्रकला शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको हाे ।

उनका दर्जनौ“ गीत लोकप्रिय छन्। त्यसै गरी नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमाका प्रथम अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुषाललाई फिल्म क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदर गर्दै फिल्मकर्मी त्रिदेवी सम्मानबाट सम्मानित गरिने भएको छ।

नेपाली गीत संगीतका विभिन्न विधालाई समेटेर आयोजना गरिदै आएको रिवार्डमा नेपाली गीत संगीत, फिल्म र साहित्य विधाका व्यक्तिका बिचमा रिवार्ड प्रदान गरिनेछ।

यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, मोडल, अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलका साथमा अन्य विधामा भिडियो निर्देशक, छाया“कार, दृश्य सम्पादक र एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिने रिवार्डकी अध्यक्ष सामाना शाहले जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *