अष्ट्रेलियामा प्राकृतिक प्रकोप : खर्च घट्दै, व्यापार सुस्ताउँदै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ। सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब २ अर्ब २० करोड अष्ट्रेलियाली डलर (करिब एक अर्ब ४० करोड अमेरिकी डलर) बराबरको असर पारेको छ।

पूर्वी तटीय राज्यहरू न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा धेरै ठूलो बाढी आएको थियो। मार्च महिनामा आएको चक्रवात ‘अल्फ्रेड’ पछिल्ला ५० वर्षमा पहिलो पटक दक्षिणपूर्वी क्विन्सल्यान्डमा पुगेको थियो। देशका अन्य भागहरूमा पनि कडा हावाहुरी, चक्रवात र डढेलोका घटनाहरू भएका थिए।

कोषालयले जनाएअनुसार, क्विन्सल्यान्डमा फेब्रुअरी महिनामा खुद्रा व्यापार ०.३ प्रतिशतले र मार्च महिनामा ०.४ प्रतिशतले घटेको थियो। अष्ट्रेलियाली तथ्याङ्क कार्यालयका अनुसार, नयाँ वर्षको पहिलो तीन महिनामा देशभर मानिसहरूले गर्ने खर्च खासै परिवर्तन भएको थिएन, तर क्विन्सल्यान्डमा भने ०।२ प्रतिशतले घटेको थियो।

सरकारले  महँगी, बेरोजगारी र राष्ट्रिय ऋण घटाउने प्रयासमा भएको सफलताका कारण अहिले विपद्‌बाट पीडित समुदायलाई सहयोग गर्न सक्षम रहेको जनाएको छ। सरकारले पीडित जनताको पीडा सबैभन्दा ठूलो कुरा भएको जनाउँदै आर्थिक असर पनि महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *