जेठ १९ देखि देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान नभएको भन्दै ८ वटा यातायात व्यवसायी संघ–संगठनले यही जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा आन्दोलनको घोषणा गरिएको हो। संघले सातबुँदे माग अघि सार्दै समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

संघर्ष समितिले जेठ १८ गते ६ वटै प्रदेशमा कालो झण्डासहित विरोध र्याली गर्ने र १९ गतेदेखि सवारी साधन ग्यारेजमै थन्क्याइ आन्दोलनमा उत्रिने चेतावनी दिएकाे छ ।

व्यवसायीले गण्डकी प्रदेशको निजी सवारी सञ्चालन सम्बन्धी नियमावली खारेज, सवारी ऐन संशोधन, सामाजिक सुरक्षा कोष लागू, दुर्घटना राहत कोष स्थापना, भारबहन क्षमता नियमन, भन्सार नीतिमा समानता लगायत माग राखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *