काठमाडौंमा पहिलो पटक देखियो मङ्गोल राजपुत्रिका चरा

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौं उपत्यकामा पहिलो पटक मङ्गोल राजपुत्रिका नामक दुर्लभ प्रवासी चरा देखा परेको छ।

सोमबार मनोहरा नदी क्षेत्रमा पहिलो पटक वन्यजन्तु तथा प्रकृति फोटोग्राफर कुमुद पराजुलीले मङ्गोल राजपुत्रिका (Tibetan Sand Plover) नामक दुर्लभ प्रवासी चराको तस्बिर खिचेका हुन।

पराजुलीका अनुसार उनी चराचुरुङ्गी अवलोकनका लागि नियमित जसो मनोहरा पुग्ने गर्छन्। सोमबार दिउँसो जब उनी त्यहाँ थिए, उनले फरक विशेषता भएको एक चरा देखे। ध्यानपूर्वक अवलोकन गरेपछि उनले तस्बिर खिच्न थाले र केही बेर पछि  उक्त चरा  मङ्गोल राजपुत्रिका भनेर पहिचान गरे ।

सामान्यतः यो प्रजाति उच्च पहाडी भेग वा समुद्री किनारमा देखिने गर्छ, र नेपालमा पनि निकै विरलै पाइने चराको रूपमा चिनिन्छ। केही दिन अघि पोखराको फेवा तालको सिम्सार क्षेत्रमा पनि यो चरा देखिएको थियो । काठमाडौं जस्तो शहरी क्षेत्रमा यसरी देखिनु अत्यन्तै दुर्लभ र वैज्ञानिक तथा संरक्षणका दृष्टिकोणले महत्त्वपूर्ण घटना हो।

‘यस्तो दुर्लभ चरा शहरी नदी किनारमा देखिनु चकित बनाउने कुरा हो। यसले देखाउँछ कि यदि हामीले नदी र वातावरणको संरक्षण गर्‍यौँ भने यस्ता चराहरूको दीर्घकालीन बसोबास सम्भव हुन सक्छ,’ पराजुलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *