विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १४ महिनाको आयात धान्ने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चालु आर्थिक वर्षको चैत मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चैत मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो।

तथ्यांक अनुसार नेपालमा अहिले १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति रहेको छ। यो गत असार मसान्तयता १८.९ प्रतिशतले बढेको हो ।

असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर विदेशी विनिमय सञ्चिति थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति असार २०८१ सम्म १५ अर्ब २७ करोड रहेकोमा चैत मसान्तसम्म १५.४ प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको तथ्यांकमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *