चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार काठमाडौं–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौं ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे […]

Continue Reading

बाढीले निर्माणाधीन पक्की पुलमा क्षति

आज  बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए  । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ । इलाका  प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल […]

Continue Reading

इलाममा सबैभन्दा बढी वर्षा

बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ । विभागका अनुसार बुधबार बिहान ८ः४५ देखि आज बिहान ८ः४५ बजेसम्म २२७ वटा वर्षा […]

Continue Reading

चीनको अस्पतालमा आगलागी हुँदा जलेर २० जनाकाे मृत्यु

उत्तरी चीनको हेबेई प्रान्तमा एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको एउटा दुखद दुर्घटना भएको छ । मंगलबार राति करिब ९ बजे चेङ्दे सहरको लङहुआ काउन्टीमा आगलागी भएको हो । धेरै प्रयासपछि मात्रै त्यो आगो निभाउन सकिएको थियो । आपतकालिन निकायका अधिकारीहरुले बुधबार यो जानकारी दिएका हुन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई […]

Continue Reading

बीआरआई श्वेतपत्र अब नेपाली भाषामा

प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणका क्रममा गत मंसीर २९ गते नेपाल र चीनबीच बेल्ट एण्ड रोड कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर भइसकेको भएता पनि अझै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारेको बुझाइमा अस्पष्टताका कारण संशय कायमै छ । यो अस्पष्टता नेपालमा मात्रै होइन, बीआरआईमा सहभागी अन्य देशहरुमा पनि विद्यमान रहेको कारण चीनले सन् २०२३ को अक्टोबरमा […]

Continue Reading

बिस्केट जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक बिदा दिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा ,जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाउन ३ दिन स्थानीय बिदा दिने भएको हो । नगरपालिकाले २०८१ साल चैत्र ३१ गते र २०८२ साल वैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका सबै […]

Continue Reading

भारतीयलाई नागरिकताको सिफारिस नगरेपछि वडा कार्यालय तोडफोड

पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को कार्यालय तोडफोड भएको छ । मंगलबारराति ५-६ जनाको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए । ‘कार्यालयको ताला फोडेर अफिसियल काजगात चोरी गरेर लगेको देखिन्छ । कार्यलायभित्र रहेका दराज, टेबल, पंखा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ । […]

Continue Reading

आठ महिनामा भित्रियो साढे दस खर्ब रुपियाँ रेमिट्यान्स

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको आव २०८१/८२ को आठ महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो […]

Continue Reading

आगामी तीन दिन हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएकाे छ। महाशाखाले बुधबार राती आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज रातिदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको […]

Continue Reading

राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन आजदेखि काठमाडौंमा

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा एघारौं राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।परिषदले आफ्नो स्थापनाको ३४औं वर्षमा प्रवेश गरेको अवसरमा तीन दिनसम्म सञ्चालन हुने सम्मेलन आयोजना गरेको हो।चैत २८ देखि सुरु हुने सम्मेलनमा नेपालका करिब १ हजार वैज्ञानिकसहित १०० जना विदेशी वैज्ञानिकको सहभागिता रहने परिषदले […]

Continue Reading