मकवानपुरको चिसापानीमा यात्रुवाहक बस दुर्घटना

मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा गएराति यात्रुवाहक बस दुर्घटना हुँदा केही व्यक्ति गम्भीर घाइते भएका छन्। सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमण टोली चढेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस गएराति करीब ९:३० बजे सडकको घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ […]

Continue Reading

वडाध्यक्ष भण्डारीकाे शव झुण्डीएकाे अवस्थामा फेला

बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्। बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाहिर रहेको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएकाे छ ।  प्रहरी घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि पठाइएको छ। ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा चारजना र  […]

Continue Reading

नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा  दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।  नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बुधबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ । याे तालिका चैत ३१ गतेसम्म लागु हुनेछ त्यसपछि  आगामी २०८२ वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म […]

Continue Reading

गाजामा इजरायली आक्रमण: २९ जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेको हुनसक्ने गाजा सिभिल डिफेन्सले जनाएको छ । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताए । फिलिस्तीनी सुरक्षा स्रोतहरूले […]

Continue Reading

नेपाल–अंग्रेज युद्धको प्रतिकस्वरुप निर्मित पार्क हस्तान्तरण

बाराको कलैया उपमहानगरपालिका– ६ स्थित भरतचोकमा नेपाली सेनाको ज्वालादल गणले निर्माण गरेको पार्क हस्तान्तरण गरिएको छ।बारागढीमा भएकाे नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप निर्माण गरिएको पार्क नेपाली सेनाको ज्वालादल गणले बुधबार एक कार्यक्रमबिच कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो। उपमहानगरपालिकाका प्रमुख विनोद प्रसाद साह र नेपाली सेनाका पृतनापति उपरथी कृष्णबहादुर जिसीले संयुक्त रुपमा पार्कको अनावरण तथा झण्डोत्तोलन गरेका थिए। […]

Continue Reading

रिगल ढकाल पुनरावलोकनमा, वृहत् पूर्ण इजलासमा पठाउने आदेश

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका रिगल ढकाल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगेका छन्। यो विषयलाई वृहत् पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले जनाएको छ। उच्च अदालत नेपालगञ्जको आदेशलाई चुनौती दिँदै ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, सरकारबाट कैद छुट पाउने भएपछि उनले १० भदौ ०८० मा मुद्दा फिर्ता लिएका थिए। जसपछि ३ […]

Continue Reading

रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरू आज  आयोगको कार्यालयमा पुगेका थिए । उनीहरूले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराए । सहकारीको रकम ठगेको कसुरमा चैत […]

Continue Reading

अब संघर्ष गर्ने समय आयो, क्रूरता सहँदैनौं: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन गम्भीर चुनौती रहेको बताएका छन्।राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्व राजनीतिमा व्यापक असन्तुलन देखिएको उल्लेख गर्दै नेपालमा पनि त्यसको प्रभाव परिरहेको बताए। ‘‘राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिरहेको छ, विचार अभिव्यक्तिका आधारमा सर्वसाधारणलाई पक्राउ गरेर थुनिँदैछ,’’ लोहनीले […]

Continue Reading

मन्त्री पाण्डेले ‘पत्रकार नबोलाउने भए मात्रै बैठकमा आउँछु’ भनेका हुन् ?

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले एक्समा लेखे- संसदीय समितिमा बोलाउँदा ‘प्रेस नआओस् भने मात्र जान्छु’ भन्ने मन्त्रीको शर्त गम्भीर छ। यस्ता शर्त त पूर्वअख्तियार प्रमुखले राख्थे। लोकतन्त्रको डर प्रेस हो ? विस्तारै चिन्छन् जनताले। उनले नेपाली कांग्रेसकै तर्फबाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्रीप्रसाद पाण्डेलाई इङ्गित गरेका हुन्। यसबारे थप सोध्दा सांसद बजगाईंले  भने, ‘उहाँ (मन्त्री […]

Continue Reading

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको फुलचोकी आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ । उनका अनुसार खासगरी […]

Continue Reading