रोल्पामा पहिरोले पुरिएर गोठालाे गएका दुई महिलाकाे मृत्यु, एक घाइते

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

रोल्पामा शनिबार दिउँसो पहिरोले पुरिँदा दुई जना महिला गोठालाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–१ सेरम निवासी अन्दाजी ५१ वर्षीया असौजी घर्ति मगर र अन्दाजी ३६ वर्षीया अमरा घर्ति मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो।

त्यसै घटनामा सोही स्थानका ६० वर्षीय कुले घर्ति मगर घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो स्थानीय दवाङ लेक क्षेत्रमा गाईबाख्रा चराइरहेका बेला करिब १ः३० बजे माथिल्लो भागबाट पहिरो खस्दा गोठालाहरू पुरिएका थिए। घटनामा केही पशुचौपायाको पनि मृत्यु भएको बताइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर मृतकहरूको शव निकालेका तथा घाइतेको उद्धार गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *