आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा परेर कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु अधिकारीहरूले बताएका छन्।

त्यस्तै २६३ जना घाइते भएको गाजास्थित शनिबार बताइएको छ।

सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन-इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको रिपोर्टहरूले देखाउँछन्।धेरै पीडितहरू भग्नावशेषमुनि फसेको र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन्। जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मंगलबार गाजामा पुनः आक्रमण सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *